BIZMANDU
www.bizmandu.com

बुद्ध एयरले भैरहवा र नेपालगंजमा थप्यो उडान, अब भैरहवामा दैनिक ९ उडान, धनगढीमा पनि थपिँदै

२०७७ चैत्र १८

Tata
GBIME
Nepal Life

काठमाडौं। बुटवल-नारायणघाट सडक विस्तारले सडक यातायातमा अवरोध आएपछि बुद्ध एयरले भैरहवा र नेपालगंजमा उडान थपेको छ। सडक अवरोधसँगै हवाई यात्रा गर्ने क्रम बढेपछि दुवै गन्तव्यमा एक/एक उडान थपेको हो।

योसँगै बुद्धले भैरहवामा दैनिक ९ उडान र नेपालगंजमा ५ उडान हुने विज्ञप्तिमा उल्लेख छ। कम्पनीले केही साताभित्रै धनगढीमा एक उडान थप्ने जनाएको छ।

कम्पनीले केही समय अगाडि मात्रै एटीआर-७२ जहाज थप गरेको थियो। यसैगरि आउँदो मे महिनामा अर्को एटीआर-७२ जहाज पनि थप्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताएका छन्।

जहाज थपिएसँगै ९ वटा एटीआर-७२, तीन एटीआर-४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज कम्पनीसँग छ। बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ ।