BIZMANDU
www.bizmandu.com

वर्ल्ड वार फोर-इन्ड गेम्स् लन्च गर्दै एस्ट्रिक टेक्नोलोजी, चैत २२ देखि गेमको नयाँ संस्करण

२०७७ चैत्र १३

वर्ल्ड वार फोर-इन्ड गेम्स् लन्च गर्दै एस्ट्रिक टेक्नोलोजी, चैत २२ देखि गेमको नयाँ संस्करण
वर्ल्ड वार फोर-इन्ड गेम्स् लन्च गर्दै एस्ट्रिक टेक्नोलोजी, चैत २२ देखि गेमको नयाँ संस्करण


Tata
GBIME
Nepal Life

काठमाडौं। गेम डेभलपमेन्ट कम्पनी एस्ट्रिक टेक्नोलोजीले वर्ल्ड वार-फोर इन्डगेम्स चैत २२ गते सार्वजनिक गर्ने भएको छ। वर्ल्ड वार-फोर इन्डगेम्स टेक्स्टमा आधारित अनलाइन मल्टिप्लेयर रोल प्लेइङ् गेम हो।

कम्पनीले गेमलाई एन्ड्रोइड प्लेटफर्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। यो गेममा सन् २०३० को समय परिकल्पना गरिएको बताइएको छ। जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुने र युद्धले मानव जातिमा नराम्रो प्रभाव परेको कल्पना गरिएको कम्पनीले जनाएको छ। युद्धका कारण मानवता नै हराउने अवस्थामा पुगिसकेको अवस्थामा विश्वमा केबल आठ शक्तिशाली राष्ट्र रहने छन्। अमेरिका, बेलायत, संयुक्त युरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस हुने छन्। उनीहरु संयुक्त सरकार आफ्नो पक्षमा बनाउन लडिरहेको माहोल हुने कम्पनीले जनाएको छ।

गेममा खेलाडीले विश्वयुद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ। जहाँ उसले प्रत्येक चार घण्टामा एकपटक काम गर्न पाउने र प्रत्येक दुई घण्टामा एकपटक तालिम लिन पाउने बताइएको छ। गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी चार करियर मोड उपलब्ध छन्। खेलाडीले हरेक सात दिनमा फरक फरक करियर छनोट गरेर खेल्न सक्ने डेभलपरले जनाएको छ।

खेलाडीले कच्चापदार्थ तथा अन्य वस्तुको उत्पादन, आयात-निर्यात, सेयर बजारमा लगानी, शक्ति तथा हतियार संकलन र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्ने बताइएको छ। बाँकी रहेका आठ शक्ति राष्ट्र पनि सबै स्रोतहरु प्रयोग गरी एकअर्का माथि आफ्नो आधिपत्य जमाउने कोसिसमा हुने र खेलाडीले डुम्सडे (प्रलयको दिन) टिकेर विस्तारै सकिँदै गएको महसुस गर्ने छन्।

साथै, गेम अन्तिमतर्फ अघि बढेसँगै खेलाडीसँग एक आपसमा संगठित हुनेबाहेक विकल्प बाँकी रहने छैन। सबैजना आफ्नो जीवनका निम्ति संघर्ष गरिरहेको बेला पृथ्वीलाई केही ‘अज्ञात प्रजाति’ ले हमला गर्नेछन् जसले मानवता नै अन्त्यको सुरुवातलाई ट्रिगर गर्ने अवस्था आउने बताइएको छ।

गेममा प्रत्येक एक सय दिनको एक सिजन हुने बताइएको छ। विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास गर्दै आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन गर्नु पर्नेछ। वास्तविक बजार तथ्यांकमा आधारित स्टक मार्केट, जसले खेलाडीहरुलाई प्रत्येक १० सेकेण्डमा ताजा तथ्यांकसहित बजारको उतारचढावलाई बुझ्न सहयोग गर्ने गरी गेम विकास गरिएको छ।

यो गेम निःशुल्क खेल्न पाइने भए पनि विभिन्न चरित्रसहित पहिरनका लागि भने केही 'इन एप' पर्चेज गर्ने सुविधा पनि रहेको कम्पनीले जनाएको छ। यद्यपि यसमा पैसा तिरेर गोल्ड खरिद गर्न नपाइने बताइएको छ। पैसा नतिर्नेहरुले पनि खेल जित्न सक्ने गरी गोल्ड खरिद गर्न नपाइने प्रावधान राखिएको कम्पनीले जनाएको छ।