BIZMANDU
www.bizmandu.com

पठाओ बन्द हुँदा एटेन्डमा ओइरिए उपभोक्ता, ‘आजै ४ सय हाराहारी ट्रिप भइसक्यो’

२०७७ चैत्र ११

पठाओ बन्द हुँदा एटेन्डमा ओइरिए उपभोक्ता, ‘आजै ४ सय हाराहारी ट्रिप भइसक्यो’
पठाओ बन्द हुँदा एटेन्डमा ओइरिए उपभोक्ता, ‘आजै ४ सय हाराहारी ट्रिप भइसक्यो’

Tata
GBIME

काठमाडौं। पठाओको सेवा मंगलबार दिउँसोदेखि बन्द हुँदा अन्य राइड सेयरिङ सेवाहरुको दैनिक ट्रिप ह्वात्तै बढेको छ। पठाओ बन्द हुँदा यसको विकल्पमा उपभोक्ताहरुले एटेन्ड पनि प्रयोग गरिरहेका छन्।

झण्डै तीन सय प्रतिशतले ट्रिप बढेको राइड सेयरिङ एप एटेन्डका निर्देशक भीमकान्त भण्डारीले जानकारी दिए।

दैनिक एक सय हाराहारी ट्रिप हुने गरेको एटेन्डमा आज १२ बजे नै उक्त संख्या उछिनेकाले बुधबार साढे ३ बजेसम्ममा चार सय हाराहारी ट्रिप पुगिसकेको दाबी उनले गरे। 

एटेन्डले गत डिसेम्बर एकबाट सेवा सुरु गरेको थियो। काठमाडौं उपत्यकामा मात्रै सीमित रहँदै आएका राइड सेयरिङ सेवालाई मोफसलमा समेत विस्तार गर्ने लक्ष्यसहित एटेन्ड सुरु गरिएको थियो।