BIZMANDU
www.bizmandu.com

पहिलो पटक व्यावसायिक सामाजिक सञ्जाल सुरु गर्दै रोलिङ नेक्सस, रोजगारीको लागि पुलको काम गर्ने  

२०७७ चैत्र ९

Tata
GBIME
Nepal Life

काठमाडौं। रोलिङ नेक्ससले व्यावसायिक सामाजिक सञ्जाल सुरु गरेको छ। १७ वर्षदेखि मानव संसाधनमा काम गर्दै आएको नेक्ससले रोजगारी अभिवृद्धिका लागि काम सुरु गरेक हो। 

नेक्ससले रोजगारी, उद्याशिलता, सशक्तिकरण र संलग्नता शिर्षकमा काम गर्ने गरी अनलाईन व्यवसाय सुरु गरेको हो। कम्पनीले मोबाइल एप निर्माण गरी सार्वजनिक गरेको छ। जसमा रोलिङ जब, टेणडर, फ्रिलान्स, क्याट, इभेन्ट, छलफल र बजार शिर्षक समावेश छन्। 

कुनै पनि किसिमका रोजगारी तथा सिपयुक्त जनशक्ति चाहिएमा कम्पनीले काम गर्ने बताएको छ। कुनै पनि संस्थालाई मानव संसाधनको  व्यावस्थापन गर्नुपरे कम्पनीले सबैखाले काम गर्ने बताएको छ। कम्पनी सुरुवातमा ३ करोड रुपैंया लगानी गर्ने बताएको छ। यो लगानी बढाएर २० करोड बनाउने कम्पनीका निर्देशक अनुप जंगमले बताए।

 उनले भने "हामी १७ वर्षदेखि मानव संसाधनमा काम गरिरहेका छौं, अहिले नै ३ हजार भन्दा बढी रोजगारदाताहरुसँग प्रत्यक्ष काम गरिरहेका छौं अझ यसलाई बढाउन काम सुरु गरेका छौं।" उनका अनुसार कम्पनीले प्रत्येक दिन देशभरी हुने रोजगारीको सूचना एकीकृत गर्नेछ। यस्तै कम्पनी कुन स्तरको हो सोको वर्गीकरण समेत गर्नेछ। 

यसैगरी स्वदेशको मात्रै रोजगारी नभई विदेशको रोजगारीमा समेत कम्पनीले काम गर्नेछ। यस्तै खोजी गर्ने व्यक्तिले आफूसित रहेको सिपको समेत अपलोड गर्न सक्नेछन्। देश तथा विदेशमा हुने अनलाईन जबको समेत यो कम्पनीले खोजी गर्नेछ। 

यस्तै विदेशमा रकम कमाएर स्वदेशमै काम गर्न चाहनेको लागि पनि रकम अनुसार योजना कम्पनीले बनाउनेछ। कम्पनीले विभिन्न भेरियन्टको एप निर्माण गरी सार्वजनिक गरिसकेको बताएको  छ। यसबाट सेवाग्रहीले मोबाइबाटै आफूलाई चाहिने जनशक्ति तथा रोजगारीको बारेमा जानकारी लिन सक्नेछन्।