BIZMANDU
www.bizmandu.com

डिजिटल मलेखु अभियान सुरु, मलेखुका हरेक पसलमा क्युआर कोडबाट भुक्तानी गर्न मिल्ने

२०७७ चैत्र ७

डिजिटल मलेखु अभियान सुरु, मलेखुका हरेक पसलमा क्युआर कोडबाट भुक्तानी गर्न मिल्ने
डिजिटल मलेखु अभियान सुरु, मलेखुका हरेक पसलमा क्युआर कोडबाट भुक्तानी गर्न मिल्ने

काठमाडौं। धादिङको मलेखु बजारलाई 'डिजिटल बजार' घोषणा गरिएको छ। क्युआर कोड भुक्तानीलाई व्यापक बनाइरहेको कुमारी बैंकले फोनपेसँगको सहकार्यमा बेनिघाट रोराङ गाउँपालिकाको मलेखु बजारमा डिजिटल भुक्तानी अभियान घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले शुक्रबार क्यूआरमार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे। उनले मलेखुका विभिन्न व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेर सेवा सुरू गरेका हुन्। बैंकिङ माध्यमबाट कारोबार गर्दा ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीहरुलाई सहयोग पुग्ने उनले बताए।

मलेखुका अधिकांश पसलहरुमा अब क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यता हटेको छ। बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनिघाट गाउँपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे।

यस्तै, कार्यक्रममा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाललले मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएकाले यसलाई  डिजिटल बजारका रूपमा विकास गरेर उदाहरणीय बनाउने अवसर आएको बताए।

समारोहमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुति दिएका थिए। 

होटलमा खाना खाने अधिकांश ग्राहकहरुले क्यूआरबाटै भुक्तानी गर्ने गरेको मलेखुमा रहेको पोखरा होटलका सञ्चालक सुबास लामिछानेले बताए। क्यूआर कोडबाट गरिने भुक्तानीमा बानी बसाल्ने दायित्व आफुहरुको पनि भएको उनले बताए।

कुमारी बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ।  

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढी मर्चेन्ट रहेको कम्पनीले जनाएको छ। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डीएसएस भी थ्री टु वान प्रमाणीकरण प्राप्त संस्था पनि हो।