BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विध ल्याबको विशेष अफर, तीन हजारमै स्वास्थ्य परीक्षण

२०७७ फागुन २४

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विध ल्याबको विशेष अफर, तीन हजारमै स्वास्थ्य परीक्षण
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विध ल्याबको विशेष अफर, तीन हजारमै स्वास्थ्य परीक्षण

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विध ल्याबले महिलाहरुको सबै स्वास्थ्य परीक्षणमा विशेष छुट दिने भएको छ।

स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ कम्पनीले चैत २ गतेसम्म परीक्षणमा छुट दिने जनाएको छ। नर्मल हेल्थ प्याकेज अन्तर्गत प्यापसेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसी लगायतका  परीक्षण तीन हजारमा गर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी टीएफटी, लिक्विड बेस्ड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण पाँच हजार रुपैयाँमै गरिने कम्पनीका शंकर पोखरेलले बताए।