BIZMANDU
www.bizmandu.com

जेठो व्यवसायिक संस्था चेम्बर ७० औं वर्षमा, मुलुकको उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका

२०७७ फागुन २३

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउँदैछ। २००७ सालमा स्थापना भएको चेम्बरले उद्योगी व्यवसायीको हित रक्षा गर्दै उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायिक हकहितसँगै मुलुकको आर्थिक विकासमा चेम्बरको भूमिका महत्वपूर्ण रहेको बताए। 'प्रजातन्त्र स्थापनासँगै चेम्बर स्थापना भएको हो।

चेम्बरले उद्योग र व्यवसायको विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको छ,' उनले बिजमाण्डूसँग भने, 'उद्यमशीलताको विकास गरेर अर्थतन्त्रमा टेवा दिने काम चेम्बरलेनै सुरु गरेको हो।' चेम्बरले वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता समेत गरेको थियो।प्रधान सेनापति पुर्णचन्द्र थापाले दौड प्रतियोगिता उद्घाटन गरे। प्रतियोगितामा ३ सय १५ जना सहभागी थिए।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि प्रतियोगिता गरिएको बताए।  नेपाल महिला चेम्बरले सोमबार होटल र्‍याडिसनमा व्यापारिक मेला समेत गर्दैछ। सो मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दैछन्।