काठमाडौं। केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको गणना आधार वर्ष परिवर्तन गरेको छ।
राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको विभागले हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाको आधार वर्ष सन् २०००/०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको हो।
अबदेखि सन् २०१०/११ को आधारमा विगत तथा आगामी वर्षहरूका स्थिर मूल्यमा गणना र मापन हुनेछ।
अबदेखि हुने सम्पूर्ण गणनाहरुको आधार वर्ष २०१०/११ हुनेछ।