BIZMANDU
www.bizmandu.com

पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो, एनओसीको घाटा अझै १ अर्ब ३२ करोड

२०७७ फागुन १७

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११६ र डिजेल र मट्टितेलको ९९ रुपैयाँ पुगेको छ।

साथै, हवाई इन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा ५ रुपैयाँ वृद्धि गरी ७२ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २५ डलर वृद्धि गरी ८९३ अमेरिकी डलर प्रतिकिलोलिटर पुर्‍याएको छ।

मूल्य बढाउँदा समेत निगमलाई पेट्रोलमा ८ रुपैयाँ ४२ पैसा र डिजलमा प्रति लिटर ६ रुपैयाँ ५६ पैसा घाटा छ। निगमलाई एक सिलिण्डर ग्यासमा ३ सय ९२ रुपैयाँ ८२ पैसा छ। मूल्य बढाउँदा समेत निगमको नोक्सानी १५ दिनको मात्रै १ अर्ब ३२ करोड रुपैयाँ रहेको दाबी छ।