BIZMANDU
www.bizmandu.com

सौर्य शम्शेर राणाको निधन, मुटु रोगका थिए बिरामी, आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार 

२०७७ फागुन १६

सौर्य शम्शेर राणाको निधन, मुटु रोगका थिए बिरामी, आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार 
सौर्य शम्शेर राणाको निधन, मुटु रोगका थिए बिरामी, आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सौर्य शम्शेर राणाको आइतबार बिहान निधन भएको छ। 

चार दिनअघि काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरेका राणाको बिहान निधन भएको हो। उनको अन्तिम संस्कार आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा गरिँदैछ।

उनी २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध थिए। उनी उनी नाडा अटोमोबाइल्समा पनि लामो समय काम गरेका थिए। उनी सल्लाहकारसमेत भएका थिए।

राणाका श्रीमती, एक छोरा र एक छोरी छन्। राणा तारा म्यानेज्मेन्टको प्रेसिडेन्टसमेत थिए। मृदुभाषी राणा थोरै बोल्ने तर विश्लेषणसहित बोल्नेमध्येका थिए।

राणाले आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए। सौर्यले आफ्नो करियर बेलायतको होयर गोभेट् नामक कर्पोरेट कम्पनी र हल्याण्ड, ह्यानेन एण्ड कुबिट्स नामको निर्माण कम्पनीबाट सुरु गरेका थिए।   

सौर्यले बेलायतबाटै बिजनेस एड्मिनिस्ट्रेसनमा ग्य्राजुएसन गरेका थिए। मुख्यगरी उनको खुबी र रुची मार्केटिङमा थियो।