BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको शाखारहित सेवा बिस्तार, सुर्खेतको तरङ्गामा प्रतिनिधि नियुक्त गर्यो

२०७७ फागुन ११

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंकले सुर्खेतको बराहताल गाउँपालिकाको तरङ्गामा शाखारहित सेवा सुरु गरेको छ।

उत्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेकबहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाइएको जारी विज्ञप्तिमा उल्लेख छ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशभरका १०९ वटा शाखा, ९८ वटा एटीएम र १०८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट बैंकिङ सेवा दिँदै आएको छ।