BIZMANDU
www.bizmandu.com

माथिल्लो पिलुवाखोला-३ मा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण टुंगो गरे, ६५ करोड ५९ लाख ऋण

२०७७ फागुन ११

माथिल्लो पिलुवाखोला-३ मा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण टुंगो गरे, ६५ करोड ५९ लाख ऋण
माथिल्लो पिलुवाखोला-३ मा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण टुंगो गरे, ६५ करोड ५९ लाख ऋण

Tata
GBIME
Nepal Life

काठमाडौं। माबिलुङ इनर्जी लिमिटेडले निर्माण गर्न लागेको एक जलविद्युत परियोजनामा दुई बैंकले ऋण दिने टुंगो गरेका छन्।

संखुवासभाको साबिकको सिद्धकाली र मावादिन गाविसहरुमा रहेको पिलुवा र सिखुवा खोलामा परियोजना निर्माण गरिने छ। माथिल्लो पिलुवाखोला-३ जलविद्युत आयोजनाका लागि लक्ष्मी बैंकको अगुवाइमा माछापुच्छ्रे बैंकसमेतले ऋण दिने टुंगो गरेका हुन्।

४.९५ मेगावाटको परियोजनाको लागत ९३ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ। 

माबिलुङ इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी सम्झौता भइसकेको छ। आयोजना निर्माणका लागि कम्पनीले ऊर्जा मन्त्रालयबाट गत साउन ९ गते स्वीकृति पाइसकेको छ।

माबिलुङ इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरुले प्रवर्द्धन गरेका छन्। यसका अध्यक्ष राजेशलाल श्रेष्ठ हुन्।

बैंकहरुले ६५ करोड ५९ लाख रुपैयाँ ऋण दिने छन्। यो कुल लागतको ७० प्रतिशत हो। बाँकी ३० प्रतिशत कम्पनीको स्व लगानी हो।

परियोजनामा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ ऋण दिने छ। 

परियोजनाबाट २८.४१७ गेगावाट आवर विद्युत वार्षिक रूपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ। आयोजना फेब्रुअरी २०२२ मा संचालनमा आउनेछ।