BIZMANDU
www.bizmandu.com

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा खुल्यो, मासिक ७९९ मै इन्टरनेट र टिभी हेर्न पाइने

२०७७ फागुन ११

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा खुल्यो,  मासिक ७९९ मै इन्टरनेट र टिभी हेर्न पाइने
क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा खुल्यो, मासिक ७९९ मै इन्टरनेट र टिभी हेर्न पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ ।

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा दिइरहेको सेवालाई अझ बिस्तार गर्न नयाँ शाखा खोलेको हो।

यी स्थानका भित्री तथा सानो ठाउँमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको कम्पनीले बताएको छ।

यो सँगै कम्पनीको आउटलेटको संख्या १ सय पुगेको छ। कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केहि महिनाको लागि सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र  ७९९ रुपैयाँ प्रति महिनामै उपलब्ध गराईरहेको जानकारी पनि दिएको छ।

यसैगरी १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशत सम्म नगद छुट र साथमा २ महिना बोनस पनि दिइरहेको क्लासिक टेकले जनाएको छ। यस्तै आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने बताइएको छ।

'यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा छौं'- कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले भने।

कम्पनीले आफ्नो हरेक आउटलेटमा बिलिङ, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको पनि जानकारी दिएको छ।

लकडाउनपछिमात्रै ५१ वटा शाखा खोलेको कम्पनीले तीब्र गतिमा सेवा र आउटलेट बिस्तार गर्दै आएको छ । कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको बताएको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र एफटिटीएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप  आउटलेट खोल्ने लक्ष्य लिएको जारी बिज्ञप्तीमा उल्लेख छ।