BIZMANDU
www.bizmandu.com

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सहकार्य, असंगठित मजदुरको लागि कोष बनाउने

२०७७ फागुन ११

Tata
GBIME
Nepal Life

काठमाडौं । पर्वतको फलेवास नगरपालिका र नागरिक लगानी कोषबीच सहकार्यको सम्झौता भएको छ।

नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरहरुको लागि रकम जम्मा गर्न नागरिक लगानी कोषले सघाउने भएको हो।

यसको लागि मजदुरहरुको ५ सय रुपैयाँ बचतमा नगरपालिकाले  ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरे।

पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्व  अन्तर्गत कोषको तर्फबाट १/१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए ।

उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० बर्ष पुगे पछि उक्त रकम मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागी  गराइएको बताइएको छ ।

पेन्सन योजनाको बैकिङ पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक सहभागी भएको बताइएको छ।

यस कार्यक्रमका लागि एनआइसी एसियाको कुश्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको नगरपालिकाले जानकारी दिएको  छ ।