BIZMANDU
www.bizmandu.com

अप्पर खुदी हाइड्रोको सहवित्तीयकरण कर्जामा बिओकेको अगुवाई, अन्य चार बैंक संलग्न

२०७७ फागुन ११

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालि बीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह सम्झौता भएको छ।

बैंक अफ काठमाण्डूको अगुवाइमा रहेको उक्त सहवित्तीयकरणको सदस्य बैंकहरुमा ग्लोबल आइएमइ बैंक, सिभिल बैंक, मेगा बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक छन्। 

उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७०% बैंकहरुको सहवित्तीयकरण कर्जा र बाँकी ३०% उक्त कम्पनीको लगानी रहने बैंकले जनाएको छ ।

२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रुपैयाँ छ।

सुपर खुदी जलविद्युत प्रालिले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण अघि बढाइरहेको पनि विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

आयोजना पूरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिने छ। सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन पनि कम्पनी आफैंले निर्माण गर्नेछ ।

सहवित्तीयकरण कर्जा पश्चात् जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डूले हाल ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ।

ऊर्जा क्षेत्रमा बैंक अफ काठमाण्डूको संलग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।