BIZMANDU
www.bizmandu.com

निफ्रा र चन्द्रागिरिमा एनएमबि-५० र हाइब्रिडको लगानी, हाइब्रिडको ध्यान स्किममा, ५० को बैंकमा

२०७७ फागुन ११

निफ्रा र चन्द्रागिरिमा एनएमबि-५० र हाइब्रिडको लगानी, हाइब्रिडको ध्यान स्किममा, ५० को बैंकमा
निफ्रा र चन्द्रागिरिमा एनएमबि-५० र हाइब्रिडको लगानी, हाइब्रिडको ध्यान स्किममा, ५० को बैंकमा

Tata
GBIME

काठमाडौं। माघ महिनाको वित्तीय विवरण प्रकाशित गरेका एनएमबि क्यापिटल अन्तर्गतका दुई सामूहिक लगानी कोष स्किमले नयाँ सेयरहरुमा लगानी बढाएका छन्।

एनएमबि हाइब्रिड फण्ड र एनएमबि-५० ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चन्द्रगिरि हिल्सको सेयर उठाएका छन्। एनएमबि-५० ले निफ्राको २ लाख ८५ हजार कित्ता सेयर उठाएको छ। एनएमबि हाइब्रिडले एक लाख ५५ हजार ९१ कित्ता उठाएको छ। हाइब्रिडले चन्द्रागिरिको ३ हजार ९९ कित्ता उठाएको छ भने एनएमबि-५० ले ३ हजार ८७४ कित्ता उठाएको छ। 

हाइब्रिडसँग चार वटा म्युचुअल फण्डका स्किमहरु सबैभन्दा धेरै छ। त्यसपछि निफ्राका साथै साइन रेसुङ्गा, गरिमा विकास, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक र सानिमा बैंक उठाएका छन्। 

एनएमबि-५० ले भने निफ्रापछि माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू, सानिमा, सनराइज, प्राइम कमर्सियल बैंक, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, नेपाल बैंकको धेरै उठाएको छ। गरिमा विकास र मुक्तिनाथ विकास बैंकको यसपछि उठाएको छ।  

योसँग सबैभन्दा कम ओमी, बोटलर्स नेपाल तराइ, युनिलिभर नेपाल र चन्द्रागिरि हिल्सको छ। हिमालयन डिस्टिलरीको पनि कम छ। हाइब्रिडसँग समता, नेपाल एग्रो, बोटलर्स तराई, आधिखोला लघुवीत्त, चन्द्रागिरि हिल्सको सेयर कम छ।