BIZMANDU
www.bizmandu.com

प्राइम बैंकले पहिलो पटक जारी गर्दै ऋणपत्र, साढे तीन अर्ब रुपैयाँको बिक्री गरिने, ब्याज ८.७५ %

२०७७ फागुन ११

प्राइम बैंकले पहिलो पटक जारी गर्दै ऋणपत्र, साढे तीन अर्ब रुपैयाँको बिक्री गरिने, ब्याज ८.७५ %
प्राइम बैंकले पहिलो पटक जारी गर्दै ऋणपत्र, साढे तीन अर्ब रुपैयाँको बिक्री गरिने, ब्याज ८.७५ %

Tata
GBIME
Nepal Life

काठमाडौं। प्राइम कमर्सियल बैंकले ८.७५ प्रतिशत ब्याजको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले फागुन १९ गतेदेखि ऋणपत्र जारी गर्ने छ। ऋणपत्रका लागि २३ गतेसम्म आवेदन दिन सकिन्छ।

बैंकले २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गर्न लागेको हो। १००० रुपैयाँ दरका ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

बैंकले कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। कुल ३५ लाख कित्तामध्ये १४ लाख सर्वसाधारणलाई बिक्री गरिने छ। यसमा ५ प्रतिशत हिस्सा सामूहिक लगानी कोष कम्पनीहरुको पनि हुने छ।

यसबाहेक उब्रिएको २१ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्टमार्फत संस्थागत लगानीकर्तालाई बिक्री गरिने छ। प्राइम बैंकले पहिलो पटक ऋणपत्र जारी गरेको हो।