BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको ढल्केबर र धरान कृषि बजारमा क्यूआर कोड, तरकारी किन्दा मोबाइलबाटै भुक्तानी

२०७७ फागुन १०

Tata
GBIME
Nepal Life

काठमाडौं। डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोड संचालनमा ल्याएको छ।

धरान कृषि उपज बजारमा राष्ट्र बैंकका निर्देशक सत्यन्द्र तिमल्सिना र ढल्केबरमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महत्तोले क्यूआर कोड सुरु गरे। यो सेवा संचालनमा आएपछि तरकारी तथा फलफूल किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्।

कार्यक्रममा बैंक संचालक समितिका पदाधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि ,कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।