BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको नयाँ शाखा जुम्लाको चन्दननाथ नगरपालिकामा, देशभर शाखा संख्या २१३ पुग्यो

२०७७ फागुन १०

Tata
GBIME

काठमाडौं। प्रभु बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा नयाँ शाखा बिस्तार गरेको छ।

चन्दननाथ नगरपालिका ६ मा नयाँ शाखा बिस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या २ सय १३ पुगेको छ।

बैंकको जुम्ला शाखा कार्यालयको चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले उद्घाटन गरिन्। उनले ग्रामीण क्षेत्रमा बैंकले दिने सेवाले सर्वसाधारण निकै लाभान्वित हुने बताइन्।

जुम्ला शाखा कार्यालयले गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा दिने बैंकले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।