BIZMANDU
www.bizmandu.com

भायनेटले ल्यायो ‘भयंकर अफर’, मासिक ८ सय रुपैयाँ तिर्दा इन्टरनेट र टिभी दुवै सुविधा पाइने

२०७७ फागुन १०

Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले 'भयंकर अफर' सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत ग्राहकले एक महिनाको ८ सय रुपैयाँ शुल्क तिर्दा इन्टरनेट र टीभी दुवै सेवा पाउनेछन्।

भयंकर अफरअन्तर्गत ग्राहकहरुले भायनेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्नुपर्नेछ।

कम्पनीका अनुसार वार्षिक ग्राहकलाई प्रतिमहिना ८ सय रुपैयाँमा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भाया टिभी कम्बो प्लान पाउन सक्नेछन्।

व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट सेवा प्रदायक भायनेटले सस्तो मूल्यको इन्टरनेट सेवा ल्याएको जनाएको छ।