BIZMANDU
www.bizmandu.com

पुनर्बीमाकै जसरी निफ्रामा पनि संस्थागत लगानीकर्ताको आकर्षण, ६६० रुपैयाँमा १२ लाख कित्ता माग

२०७७ फागुन १०

पुनर्बीमाकै जसरी निफ्रामा पनि संस्थागत लगानीकर्ताको आकर्षण, ६६० रुपैयाँमा १२ लाख कित्ता माग
पुनर्बीमाकै जसरी निफ्रामा पनि संस्थागत लगानीकर्ताको आकर्षण, ६६० रुपैयाँमा १२ लाख कित्ता माग

Tata
GBIME

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा पनि संस्थागत लगानीकर्ताको आकर्षण बढेको छ।

आइतबार ब्रोकर नम्बर ५५ बाट मात्रै करिब पाँच लाख कित्ता सेयर खरिद गरेका संस्थागत लगानीकर्ताले सोमबार पनि ५५ बाट मात्रै एक लाख १० हजार कित्ता सेयर किनिसकेका छन्। 

त्यस्तै सोमबार भने ब्रोकर नम्बर १७ बाट पनि ठूलो परिमाणमा सेयर खरिद भइरहेको छ। १७ बाट एक घण्टा भित्र ५० हजार कित्ता सेयर खरिद भइसकेको छ।

६६० रुपैयाँ मूल्य पुग्दा पनि कम्पनीको सेयर खरिद गर्न करिब १२ लाख कित्ता सेयरको माग देखिन्छ। अहिले सम्म २१ करोड रुपैयाँमा तीन लाख कित्ता बढी सेयर खरिद बिक्रि समेत भइसकेका छन्।

आइतबार अधिकतम १२ हजार कित्ता सम्मको एकल कारोबार भएकोमा सोमबार भने ३७ हजार कित्ता सम्मको एकल कारोबार भेटिएको छ। 

निफ्राको दोस्रो बजारमा कारोबार सुरु भएयता ४९७ रुपैयाँ मूल्य पुग्दा ७० करोड रुपैयाँको सेयर किनबेच भएको थियो। ५४६ रुपैयाँमा ५० करोड रुपैयाँ र ६०० रुपैयाँमा ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।