BIZMANDU
www.bizmandu.com

सुनको कोटा तत्कालै नबढ्ने, वाणिज्यले भन्यो-‘कोटा बढाउन कतैबाट पनि प्रस्ताव आएको छैन’

२०७७ फागुन १०

सुनको कोटा तत्कालै नबढ्ने, वाणिज्यले भन्यो-‘कोटा बढाउन कतैबाट पनि प्रस्ताव आएको छैन’
सुनको कोटा तत्कालै नबढ्ने, वाणिज्यले भन्यो-‘कोटा बढाउन कतैबाट पनि प्रस्ताव आएको छैन’

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको माग बढे पनि सरकारले तत्कालै कोटा नबढाउने देखिएको छ। सरकारले कोरोना संक्रमणसँगै वैदेशिक मुद्रा संचितीमा दबाब पर्ने भन्दै सुनको कोटा १० किलोमा झारेको थियो। अहिले सुनको माग दैनिक २० किलोभन्दा माथि छ।

‘सुनको माग बढ्यो कोटा बढाइदिनुपर्‍यो भनेर व्यवसायीले औपचारिक रूपमा आग्रह गरेका छैनन्। कोभिडका कारण सुन कारोबार पुरानै अवस्थामा फर्किन नसकेकाले समेत कोटा बढाउन आग्रह नआएको हुनसक्छ,’ वाणिज्य मन्त्रालयका सहसचिव प्रकाश दाहालले बिजमाण्डूसँग भने, ‘त्यही कारण तत्कालै कोटा बढाउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव जाने सम्भावना कम छ।’ सेयर र जग्गाको भाउमा आएको चमत्कारिक वृद्धिले सुन कारोबार सुधार हुन थालेको छ। कारोबार बढे पनि सुन अभावले पुर्‍याउन कठिन भइरहेको व्यवसायीले बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। विवाहको लगनमा सुनको दैनिक कारोबार ४० किलोभन्दा माथि छ।

‘मंसिरपछि सुनको कारोबारमा सुधार आउन थालेको हो। त्यसले अहिले पनि निरन्तरता पाएको छ,’ उनले बिजमाण्डूसँग भनेका थिए, ‘कोभिड संक्रमणपछि सेयर कारोबारमा निरन्तर उछाल आइरहेको छ। त्यहाँबाट नाफा गर्नेहरुले केही न केही सुन जोडिरहेकाले कारोबारमा पनि सुधार भएको छ।’

कोभिड अघिसम्म १३ सय अंकको हाराहारीमा रहेको सेयर बजारले २६ सय अंक पार गरिसकेको छ। सेयरबाट नाफा बुक गर्ने लगानीकर्ताले घरजग्गा र सुनमा लगानी गर्ने विगतको ट्रेन्ड हो।