BIZMANDU
www.bizmandu.com

ग्रीन लाइफमा सवा तीन लाखले पाए १०/१० कित्ता सेयर, झन्डै १० लाखको हात खाली, तपाईंलाई कति पर्‍यो?

२०७७ फागुन ७

ग्रीन लाइफमा सवा तीन लाखले पाए १०/१० कित्ता सेयर, झन्डै १० लाखको हात खाली, तपाईंलाई कति पर्‍यो?
ग्रीन लाइफमा सवा तीन लाखले पाए १०/१० कित्ता सेयर, झन्डै १० लाखको हात खाली, तपाईंलाई कति पर्‍यो?

Tata
GBIME
Nepal Life

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गरेको प्राथमिक सेयर (आइपीओ) शुक्रबार बाँडफाँट भएको छ। 

फागुन ७ गते शुक्रबार भएको बाँडफाँटबाट तीन लाख २५ हजार १६५ जना आवेदकले १०/१० कित्ता सेयर पाएका छन् । दुईजना भाग्यशाली आवेदकलाई भने ११/११ कित्ता सेयर परेको छ। बाँकी ९ लाख ९३ हजार ८ सय ९४ जनाको हात खाली नै भएको छ। 

न्युनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन परेको थियो। तर यसमा १० हजार कित्ताका लागि आवेदन दिनेले पनि बढीमा ११ कित्ता मात्र सेयर पाएका छन्।

बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार, ग्रीन लाइफको आइपीओमा कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएका थिए। तीमध्ये आवेदन सदर भएका १३ लाख १९ हजार ५९ जनालाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो।

ग्रीन लाइफले सर्वसाधारणले माघ २३ देखि २७ सम्ममा आवेदन दिन मिल्नेगरी कुल ३४ लाख ९६ हजार चार सय कित्ता सेयर साधारण सेयर जारी गरेको हो । जसमा कम्पनीका कर्मचारीका लागि ६९ हजार ९ सय २८, सामुहिक लगानी कोषहरुका  लागि एक लाख ७४ हजार ८२० कित्ता छुट्याएको थियो । 

बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर अन्य सर्वसाधारणका लागि जारी भएको हो। त्यसको ६.९८ गुणा बढी आवेदन परेको बिओके क्यापिटलले जनाएको छ ।

हेर्नलाई यहाँ क्लिक गर्नुस्