BIZMANDU
www.bizmandu.com

गरिमा विकास बैंकले ‘सजिलो अटो लोन’ ल्यायो, खरिद मूल्यको ८८% सम्म ऋण दिने

२०७७ फागुन ७

Tata
GBIME

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले सजिलो अटो लोन सार्वजनिक गरेको छ।

आफ्नो कर्जा प्रवाह रणनीतिलाई आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको हो।

यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८८% सम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्ने बैंकले जनाएको छ।

सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ प्रभावकारी साबित हुने बैंकले बताएको छ।

गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट बैंकिङ सुविधा दिँदै आइरहेको छ।