BIZMANDU
www.bizmandu.com

रुरु जलविद्युतको सेयर आजबाट निष्कासन, गुल्मीका जनतालाई ४ लाख ७७०५ कित्ता वितरण गरिने

२०७७ फागुन ७

Tata
GBIME

काठमाडौं। रुरु जलविद्युत परियोजना लिमिटेडेले आजबाट सेयर निष्कासन गरेको छ। अंकित मूल्य १०० रुपैयाँका दरले कम्पनीले परियोजना प्रभावितलाई सेयर जारी गरेको हो।

कम्पनीले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरेको हो। सेयरमा फागुन २१ गतेसम्म आवेदन दिन सकिन्छ। यो सेयर गुल्मीका परियोजना प्रभावितहरुले पाउने छन्।

सेयरका लागि न्युनतम १० कित्ता र अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। परियोजनाको प्रति मेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। त्यसैले यो निकै सस्तो परियोजना मानिन्छ।

परियोजनाको कुल लागत ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता अवधि ५.२४ वर्ष छ भने डिस्काउन्ट लगानी फिर्ता अवधि ८.४२ वर्ष रहेको छ।