BIZMANDU
www.bizmandu.com

अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण, १३ वटा सर्भिस सेन्टरबाट विशेष सेवा पनि दिने

२०७७ फागुन ६

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेको अशोक लेलैण्डले भाइकिङ २२२ मोडेलका १० वटा बसको च्यासिस हस्तान्तरण गरेको छ।

प्रेसिडेन्ट इन्टरनेशनल अपरेसन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रले भाइकिङ २२२ मोडलका बसका च्यासिजहरू ग्राहकहरुलार्ई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रेसिडेन्ट सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउँदै ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीको लागि पनि महत्वपूर्ण प्रगति भएको उल्लेख गरे।

भाइकिङ २२२ मोडल बसमध्ये सबैभन्दा धेरै रुचाइएको मोडल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसमा इन लाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन छ,  जसले गर्दा इन्धन कम खपत हुन्छ । यसका साथै यो बसहरुमा मर्मत खर्च कम लाग्छ।

भाइकिङ ३३३ मा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।

रियर एयर सस्पेन्सन, डाइरेक्ट ड्राइभ एसी, इनलाइन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी विश्वासिलो रहेको कम्पनीले जनाएको छ। नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ २२२ गाडीहरु चल्दै आएका छन्।

कम्पनीले ग्राहकवर्गलाई विशेष सर्भिस पनि दिँदै आएको छ। आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सेवा लिन सकिने र सजिलै पार्ट्स् र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ।