BIZMANDU
www.bizmandu.com

कोभिडले थलिएको ठमेल क्षेत्रको पर्यटन व्यवसाय उठाउन कुमारी बैंकले १५ लाख सहुलियत कर्जा दिने

२०७७ फागुन ४

कोभिडले थलिएको ठमेल क्षेत्रको पर्यटन व्यवसाय उठाउन कुमारी बैंकले १५ लाख सहुलियत कर्जा दिने
कोभिडले थलिएको ठमेल क्षेत्रको पर्यटन व्यवसाय उठाउन कुमारी बैंकले १५ लाख सहुलियत कर्जा दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनरुत्थानका लागि कुमारी बैंकले १५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भएको छ । यसका लागि कुमारी बैंक  र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य हुने भएको छ।

ठमेल क्षेत्रको पर्यटन व्यवसायलाई पुनर्जीवनका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य हुने बैंकले जनाएको छ।

यसअन्तर्गत परिषदमा आवद्ध सदस्य व्यवसायीहरुलाई बैंकबाट कर्जा सुविधा प्रदान हुनेछ। बैंकले यसरी दिने अर्धवार्षिक तथा चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँ रहने बताइएको छ। 

बैंकले दिने कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बताइएको छ। बैंकबाट दिइने कर्जा आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने पनि बैंकले जनाएको छ।