BIZMANDU
www.bizmandu.com

साताको अन्तिम कारोबार दिन १६ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

२०७७ माघ २९

साताको अन्तिम कारोबार दिन १६ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार
साताको अन्तिम कारोबार दिन १६ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार



काठमाडौं। साताको अन्तिम कारोबार दिन उतारचढावकाबीच सेयर बजार १६ अंकले ओरालो लागेको छ। २५६४ अंकसम्म उचालिएको बजार कारोबार बन्द हुँदा घटेर २५२६ अंकमा आइपुगेको छ। बिहीबार एक करोड ५८ लाख कित्ता सेयर आठ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन्।   

Tata
GBIME
Nepal Life

बिहीबार कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ वटा कम्पनीको मूूल्य घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रहेेको छ।
 चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य ५ प्रतिशतले बढेको छ भने लुम्बिनी विकास बैंकको ४ प्रतिशतले बढेको छ।

 बिहीबार डेप्रोस लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नबिल बैंकको ३८ करोड रुपैयाँ, कुमारी बैंकको ३२ करोड रुपैयाँ, प्रभु बैंकको ३० करोड रुपैयाँ र ग्लोबल आइएमइ बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

वाणिज्य बैंक १०.७९, विकास बैंक २०.१४ र म्युचल फन्ड ०.०३ अंकले बढेका छन्। अरु सबै सूचकहरु घटेका छन्।

निर्जीवन बीमा समूह २०७.२२, जीवन बीमा २१४.३९, म्यानिफ्याक्चरिङ १०९.८५, माइक्रोफाइनान्स १२८.०५ ले घटेका छन्। यस्तै, ट्रेडिङ समूह ४०.४९, होटल ४२.८५, जलविद्युत २५.५८, फाइनान्स समूह १८.४६ अंकले घटेका छन्।