BIZMANDU
www.bizmandu.com

संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा रिट दर्ता गराए, आइतबार सुनुवाई

२०७७ माघ २३

Tata
GBIME
Nepal Life

काठमाडौं। सभामुख अग्नि सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तविरुद्ध  सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका छन्।

प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो। सभामुख सापकोटाले नियुक्तिको पत्र फिर्ता गर्दा समेत सरकारले सिफारिस गरेकाहरुलाई शपथ ग्रहण गराएको थियो।

सभामुख सापकोटाले प्रधान न्यायाधीश, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष लगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्। उनको रिटमाथि आइतबार सुनुवाई हुने जनाइएको छ। 

सभामुख सापकोटाले पत्रकार सम्मेलन गर्दै रिट बारेमा थप धारणा राख्दैछन्।