BIZMANDU
www.bizmandu.com

घट्न ब्रेक लाग्दै तोलामा ४ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्यमा सामान्य गिरावट

२०७७ माघ १३

घट्न ब्रेक लाग्दै तोलामा ४ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्यमा सामान्य गिरावट
घट्न ब्रेक लाग्दै तोलामा ४ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्यमा सामान्य गिरावट

Tata
GBIME
Nepal Life

काठमाडौं । केही दिन लगातार घटेको सुनको मूल्य पुन बढेको छ। मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । मंगलबारको कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

सोमबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी  व्यवसायी महासंघले जनाएको छ ।

चारदिन देखि चाँदी प्रतितोला एक हजार २सय ६० रुपैयाँमा स्थिर रहेको थियो । 

अन्तराष्ट्रिय बजारमा बिहान सुन  प्रतिऔंस १८५५ .७६ डलर र चाँदी प्रतिऔंस २५ .३३ डलरमा कारोबार भएको छ ।