BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको नयाँ शाखा कुपण्डोलमा, देशभर ८६ शाखाबाट सेवा दिदै

२०७७ माघ १२

सानिमा बैंकको नयाँ शाखा कुपण्डोलमा, देशभर ८६ शाखाबाट सेवा दिदै
सानिमा बैंकको नयाँ शाखा कुपण्डोलमा, देशभर ८६ शाखाबाट सेवा दिदै

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकले कुपण्डोलमा शाखा कार्यालय विस्तार गरेको छ। शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका छन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले उद्घाटन कार्यक्रममा बोल्दै बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद दिएका छ्न्। 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा एटीएम सञ्चालनमा रहेको जनाएको छ।