BIZMANDU
www.bizmandu.com

ललितपुरको नख्खुका खुद्रा पसलमा पनि क्युआरबाट भुक्तानी शुरु, गभर्नर अधिकारीले गरे उद्घाटन

२०७७ माघ ९

ललितपुरको नख्खुका खुद्रा पसलमा पनि क्युआरबाट भुक्तानी शुरु, गभर्नर अधिकारीले गरे उद्घाटन
ललितपुरको नख्खुका खुद्रा पसलमा पनि क्युआरबाट भुक्तानी शुरु, गभर्नर अधिकारीले गरे उद्घाटन

Tata
GBIME
Nepal Life

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ललितपुरको नख्खु क्षेत्रका खुद्रा पसलहरुमा क्युआर कोडमार्फत भुक्तानी प्रवर्द्धनमा सरिक भएका छन् । 

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्‍साहित गर्ने उद्देश्यले नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत भुक्तानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको गभर्नर अधिकारीले उद्घाटन गरेका थिए ।

यसअघि काठमाडौंको नारायणचौरस्थित तरकारी बजारमा पनि क्युआर कोडमार्फत नगदरहित भुक्तानीको सुरुआत गभर्नर अधिकारीको उपस्थितीमा भएको थियो।

नगदरहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले ग्लोबल आईएमई बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको जनाएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै, बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको बताएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशभर २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, २४०  एटिएम, २४४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर अष्ट्रेलिया, बेलायत र भारतमा गरी तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्पmत आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ ।