BIZMANDU
www.bizmandu.com

पठाओ चढ्नेको दुर्घटना भए बढीमा पाँच लाख पाउने, उपचार गर्न एक लाखसम्मको बीमा सुविधा

२०७७ माघ ९

पठाओ चढ्नेको दुर्घटना भए बढीमा पाँच लाख पाउने, उपचार गर्न एक लाखसम्मको बीमा सुविधा
पठाओ चढ्नेको दुर्घटना भए बढीमा पाँच लाख पाउने, उपचार गर्न एक लाखसम्मको बीमा सुविधा

Tata
GBIME
Nepal Life

काठमाडौं। राइड शेयरिङ पठाओमा चढ्ने यात्रुहरुको पनि बीमा भएको छ। पठाओ नेपाल प्रा, राइड शेयरिङ तथा फुड डेलिभरी एपले ग्राहक र राइडर/चालकको बीमा गरेको हो।

एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग बीमा गरिएको हो। राइडको दौरान कुनै पनि ग्राहक तथा राइडर/चालकको दुर्घटनाका कारणले मृत्यु, अपांगता भएमा बढीमा ५ लाख रुपैयाँसम्म बीमाबाट उपलब्ध हुने छ। 

कुनै पनि ग्राहक तथा राइडर/चालकले १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउने छन्। यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपछि ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन गर्नु पर्दछ। 

पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर/चालकले यो सुविधा पाउने छन्। कम्पनीको एप १३ लाख बढीले डाउनलोड गरेको विज्ञप्तिमा उल्लेख छ।