BIZMANDU
www.bizmandu.com

५० अर्ब तरलता तान्न माग गर्दा ५४ अर्ब ८० करोडको आवेदन, तर ४१ अर्ब ९५ करोड मात्र उठाइयो

२०७७ माघ ८

Tata
GBIME
Nepal Life

काठमाडौं। बचतको ब्याज निक्कै घटेपछि तरलता परीक्षण गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण औजार प्रायोग गरेको राष्ट्र बैंकमा ५४ अर्ब ८० करोडको आवेदन परेको छ।

तर ४१ अर्ब ९५ करोड रुपैयाँ मात्र उठाइएको छ। केही बैंकहरुले ब्याज करिडोरको माथिल्लो ब्याज कोट गरेर पैसा राख्न इच्छा देखाएपछि उनीहरुले पैसा पाएनन्। 

राष्ट्र बैंकले ०.९९ प्रतिशत अन्तिम ब्याज तय गरेको छ। यो ब्याजसम्मकाको पैसा राष्ट्र बैंकले लिएको छ। राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउन आवेदन माग गरेको थियो।

बजामार १२८ अर्ब रुपैयाँ अधिक तरलता थियो। अब ८६ अर्ब रुपैयाँ मात्र अधिक तरलता छ। राष्ट्र बैंकले चालु बर्ष ५ पटक निक्षेप संकलन उपकरणको प्रयोग गरिसकेको छ।