BIZMANDU
www.bizmandu.com

दुई निर्माण कम्पनीसहित पाँच फर्म कालोसुचीमा, एक बर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउने

२०७७ माघ ८

Tata
GBIME
Nepal Life

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा फर्मलाई कालोसुचीमा राखेको छ। 

बिहीबार सुचना निकाल्दै सम्झौता अनुसार काम नगर्ने दुइवटा निर्माण र तीनवटा आपूर्तिकर्ता कम्पनीलाई कालोसुचीमा राखेको कार्यालयले जनाएको छ। 

खरिद अनुगमन कार्यालयको  बुधबार बसेको बैठकले  सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को  उपदफा (१)  बमोजिम १ बर्षका लागि  कालोसुचीमा राख्ने निर्णय गरेको हो।

कालोसुचीमा  राखिएको अवधीभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा  भाग लिन पाउने छैनन्।

महालेखा नियन्त्रणक कार्यालय अनामनगरको सिफारिसमा स्टार अफिस इन्टरनेशनल पुतलीसडकलाई कालोसुचीमा राखिएको छ।

यस्तै प्रहरी प्रधान कार्यालय,केन्द्रिय अनुसन्धान ब्युरो महाराजंगको सिफारिसमा मेगा ट्रेड ग्रुप पुतलीसडक तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीको सिफारिसमा सिद्धार्थ हार्डवेयर्स प्रा ली रुपन्द्रेहीलाई कालोसुचीमा राखिएको छ।

त्यस्तै निर्माण कम्पनीतर्फ सडक डिभिजन इलामको सिफारिसमा  माइ भगवती निर्माण सेवा इलाम र पुर्वाधार विकास कार्यालय कास्कीको सिफारिसमा आर्या निर्माण सेवा ललितपुरलाई कालोसुचीमा राखिएको छ।