BIZMANDU
www.bizmandu.com

दोस्रो त्रैमासमा नाफा ‘रिकभर’ गर्यो इन्भेष्टमेन्ट बैंकले, एजीएमका दिन १५८ करोड नाफाको घोषणा

२०७७ माघ ८

दोस्रो त्रैमासमा नाफा ‘रिकभर’ गर्यो इन्भेष्टमेन्ट बैंकले, एजीएमका दिन १५८ करोड नाफाको घोषणा
दोस्रो त्रैमासमा नाफा ‘रिकभर’ गर्यो इन्भेष्टमेन्ट बैंकले, एजीएमका दिन १५८ करोड नाफाको घोषणा

Tata
GBIME
Nepal Life

काठमाडौं। पहिलो त्रैमासमा नाफा खासै गर्न नसकेको नेपाल इन्भेष्टमेन्ट बैंकले दोस्रो त्रैमासमा राम्रो नाफा बनाउन सफल भएको छ। बैंकले बिहीबार चालु बर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा एक अर्ब ५८ करोड ६६ लाख रुपैयाँ गरेको जनाएको छ।

६ महिनाको नाफामा पछिल्लो तीन महिना (कात्तिक-पुस) को हिस्सा ९६ करोड २७ लाख रुपैयाँ छ। यो गत बर्षको पछिल्लो तीन महिनासँग तुलना गर्दा त्यो भन्दा बढि हो। समग्र नाफा (साउनदेखि पुस) मात्र तुलना गर्ने हो भने थोरै घटेको छ। खासगरी पहिलो त्रैमास (साउनदेखि असोज) त्यति राम्रो नभएकाले बैंकको समग्र नाफा घट्न गएको हो।

बैंकले खराब कर्जाको हिस्सा घटाएको छ। निक्षेप स्थिर राख्दै ऋण थोरै बढाएका कारण पनि नाफा आर्जन बढेको हो। यद्यपी खुद ब्याज आम्दानी ३ अर्ब ६ करोडबाट घटेर २ अर्ब ९८ करोडमा खुम्चिएको छ। नोक्शानी ब्यवस्थापन खर्च घट्दा पनि बैंकको आम्दानीमा सुधार आएको हो। 

बैंकसँग एक खर्ब ३८ अर्ब रुपैयाँ ऋण छ भने एक खर्ब ६६ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप छ। बैंकको स्प्रेड दर ५.१६ बाट घटेर ४.१४ प्रतिशतमा आएको छ। बैंकको आधार दर ८.५३ बाट ६.५६ प्रतिशतमा झरेको छ। यसले बैंकमा ऋण अझ सस्तो भएको देखाउँछ।

बैंकले बिहीबार नै साधारणसभा डाकेको छ। सभाले १३ प्रतिशत बोनस सेयर र साढे ५ प्रतिशत नगद लाभांश पारित गर्दैछ।