BIZMANDU
www.bizmandu.com

कोभिड विरुद्धको खोपको जाँचपास फाष्ट ट्रयाकमा गरिने, सहजीकरणका लागि कार्यदलनै बन्यो

२०७७ माघ ७

कोभिड विरुद्धको खोपको जाँचपास फाष्ट ट्रयाकमा गरिने, सहजीकरणका लागि कार्यदलनै बन्यो
कोभिड विरुद्धको खोपको जाँचपास फाष्ट ट्रयाकमा गरिने, सहजीकरणका लागि कार्यदलनै बन्यो

Tata
GBIME
Nepal Life

काठमाडौं । भन्सार विभागले कोभिड विरुद्धको खोप फाष्ट ट्रयाकमा जाँचपास गर्ने भएको छ। खोप आयात सहजीकरणका लागि विभागले कार्यदलनै बनाएको छ।

 खोप आयात पूर्व नै कागजातहरु उपलब्ध भएमा खडा भएको इकाई मार्फत जाँचपासको प्रक्रिया मिलाइने छ। आयातका कागजातहरुमा खोपको परिमाण तथा मुल्य नखुलेको पाइएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी जाँचपास गरिने विभागले जनाएको छ । 

आयातकर्ताले औषधि व्यवस्था विभागवाट प्राप्त गरेको खोप अनुमतिको प्रमाणपत्र सहित आयात सम्बन्धी पेश भएका कागजातको आधारमा शीघ्र जाँचपासको व्यवस्था मिलाइने विभागले जनाएको छ।  गुणस्तरीय खोप सामग्रीहरुको पैठारी सुनिश्चित गर्नका लागि तोकिएका नाकाहरुवाट मात्र जाँचपास गरिने विभागले जनाएको छ।

सार्वजनिक विदाको दिन समेत यस्ता मालवस्तुहरुको जाँचपासलाई पहिलो प्राथमिकता दिइने विभागले जनाएको छ। यस्तै पुन प्रयोग गर्न सकिने कोल्डचेन उपकरण,कन्टेनर तथा वक्सहरुलाइ आयातकर्ताले फिर्ता लैजाने गरी आयात गर्न चाहेमा कानून बमोजिम आयात गर्न दिइने विभागले जनाएको छ।