BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट सरकारी राजस्व बुझाउन मिल्ने, फोनपेसँग सम्झौता

२०७७ माघ ७

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट सरकारी राजस्व बुझाउन मिल्ने, फोनपेसँग सम्झौता
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट सरकारी राजस्व बुझाउन मिल्ने, फोनपेसँग सम्झौता

Tata
GBIME
Nepal Life

काठमाडौं। करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्। 

मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडबीच सम्झौता भएको छ। 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन्। 

करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिने छ। 

वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व भुक्तानी गर्न सकिने छ। मोबाइल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको विज्ञप्तिमा उल्लेख छ।

बैंकको एप प्रयोगकर्ताले मोबाइल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरि करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिने छ।