BIZMANDU
www.bizmandu.com

केडिया ग्रुपको महावीर होल्डिङ्सले ७७ करोड कर्जा लिँदै, गेडागुडी आयातबाट राम्रो व्यापार

२०७७ माघ ६

केडिया ग्रुपको महावीर होल्डिङ्सले ७७ करोड कर्जा लिँदै, गेडागुडी आयातबाट राम्रो व्यापार
केडिया ग्रुपको महावीर होल्डिङ्सले ७७ करोड कर्जा लिँदै, गेडागुडी आयातबाट राम्रो व्यापार

Tata
GBIME
Nepal Life

काठमाडौं। केडिया समूहको स्वामित्व रहेको महावीर होल्डिङ्स प्रालिले ७७ करोड रुपैयाँ हाराहारी बैंकिङ सुविधा लिने भएको छ।

होल्डिङ्सले फन्डमा आधारित कर्जा (ओभरड्राफ्ट) दुई करोड रुपैयाँ, छोटो अवधि कर्जा/ट्रस्ट रिसिप्ट ४१ करोड रुपैयाँ र एलसीका लागि ३४ करोड रुपैयाँ कर्जाका लिने भएको छ। जसका लागि कम्पनीले इक्रा नेपालबाट ए४ रेटिङ पाएको छ। मुख्यगरी महावीर होल्डिङ्सले खाद्यान्न आयात गरी प्रशोधन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ।

नेपाली बजारमा गेडागुडीको माग राम्रो रहेको र कम्पनीको वितरण प्रणाली चुस्त भएकाले सञ्चालनको छोटो अवधिमै कम्पनीले मुनाफा गर्दै आएको छ। आगामी दिनमा खाद्यान्नको आयात गर्नुपर्ने देखेरै कम्पनीले बैकिङ कर्जासँगै एलसीका लागि रेटिङ गराएको उल्लेख गरेको छ।   

कम्पनीले सन् २०१८ मा ५६ करोड ४० करोड रुपैयाँ आम्दानी गरेको थियो। यस्तै, २०१९ मा कम्पनीको आम्दानी उकालो लाग्दै एक अर्ब १३ करोड रुपैयाँभन्दा बढी पुगेको थियो।

सन् २०२० मा कम्पनीको आम्दानी बढेर एक अर्ब २१ करोड रुपैयाँ नाघ्ने रेटिङ विवरणमा उल्लेख गरिएको छ। कम्पनीसँग देशभर एक सयभन्दा बढी वितरक छन्।