BIZMANDU
www.bizmandu.com

इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, अस्ट्रेलियाबाट सजिलै रेमिट, वालेटमा पनि मिल्ने

२०७७ माघ ५

Tata
GBIME
Nepal Life

काठमाडौं। इसेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौतासँगै अब अस्ट्रेलिया सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन्। 

अस्ट्रेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सक्ने छ। नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ। 

लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। 

इसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै  माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुप्रै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ।

डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्राउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्स्फर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको विज्ञप्तिमा उल्लेख छ।