BIZMANDU
www.bizmandu.com

लगातार उकालो लाग्दै बजार, सोमबार पनि दोहोरो अंकको वृद्धि, डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट

२०७७ माघ ५

लगातार उकालो लाग्दै बजार, सोमबार पनि दोहोरो अंकको वृद्धि, डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट
लगातार उकालो लाग्दै बजार, सोमबार पनि दोहोरो अंकको वृद्धि, डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट

Tata
GBIME
Nepal Life

काठमाडौं। लगातार उकालो लागिरहेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ। आइतबार २८ अंकले बढेको बजार सोमबार १७ अंकले बढेर २३३२ बिन्दुमा बन्द भएको छ।

सोमबार जलविद्युतबाहेकका सबै उपसूचक हरियो भएका छन्। जीवन बीमा समूह करिब २०० अंकले बढ्दा निर्जिवन बीमा, माइक्रो फाइनान्स, व्यापार र होटल समूह १०० अंकभन्दा धेरै बढेका छन्। जलविद्युत समूह भने लगातार दोस्रो दिन पनि ओरालो लागेको हो।

आज सर्वाधिक रकमको कारोबार हुनेमा प्रभु बैंकको ३३ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल टेलिकमको २६ करोड, एनआईसी एसिया बैंकको २० करोड, पुनर्बीमा कम्पनीको १७ करोड र नेपाल लाइफको १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

डेढ दर्जन कम्पनीमा मूल्य बढेर सर्किट
सोमबार मूल्य बढ्ने क्रममा १८ वटा कम्पनीमा सर्किट लागेको छ। सिभिल लघुवित्त, बिशाल बजार कम्पनी, गुर्खाज् फाइनान्स, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समिट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। 

त्यस्तै, आरम्भ चौतारी लघुवित्त, स्वावलम्बन लघुवित्त, गुराँस लघुवित्त र एचआइडिसिएलको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ।

त्यसैगरि तारागाउँ रिजेन्सी होटल, कर्पेरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ, बरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र छ्याङ्दी हाइड्रोपवारको सेयर मूल्य पनि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

२०७ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ। १३ वटा कम्पनीको मूल्य स्थिर रहँदा ५३ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ। 

बजार पुँजीकरण ३२ खर्बनजिक

आइतबार ३१ खर्ब १८ अर्ब रुपैयाँ पुगेको बजार पुँजीकरण सोमबार ०.७५ प्रतिशतले बढेसँगै ३२ खर्ब नजिक पुगेको छ। ठिक एक महिनाअघि २३ खर्ब ३५ अर्ब रुपैयाँ रहेको पुँजीकरण एक महिनाको अवधिमा करिब १० खर्ब रुपैयाँले वृद्धि भएको छ।