BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइ बैंक अध्यक्षमा पुनः ढकाल निर्वाचित, सञ्चालकहरु भने फेरिए, क्याबिनेट श्रेष्ठ आए

२०७७ पुष २९

ग्लोबल आइएमइ बैंक अध्यक्षमा पुनः ढकाल निर्वाचित, सञ्चालकहरु भने फेरिए, क्याबिनेट श्रेष्ठ आए
ग्लोबल आइएमइ बैंक अध्यक्षमा पुनः ढकाल निर्वाचित, सञ्चालकहरु भने फेरिए, क्याबिनेट श्रेष्ठ आए


Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमइ बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल पुनः निर्वाचित भएका छन्। बैंकको १४औं वार्षिक साधारणसभाले सञ्चालक चयन गरेपछि उनलाई अध्यक्ष बनाइएको हो।

संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन्। श्रेष्ठ अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक हुन्।  सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल चयन भएका छन्। 

अध्यक्ष निर्वाचितपछि ढकालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ पनि लिएका छन्।

बैंकको वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १४ प्रतिशत बोनस सेयर हो।

बैंकले गत आर्थिक वर्ष कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ गरेको थियो। अब बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।