BIZMANDU
www.bizmandu.com

बीएमडब्लुको एम स्पोर्ट सिरिज २२०-आइ भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

२०७७ पुष २९

बीएमडब्लुको एम स्पोर्ट सिरिज २२०-आइ भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
बीएमडब्लुको एम स्पोर्ट सिरिज २२०-आइ भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

Tata
GBIME
Nepal Life

जर्मन मोटर कम्पनी बीएमडब्लुको पेट्रोल भेरियन्ट अन्तर्गत नयाँ गाडी ग्राण्ड कोप सिरिज 'एम स्पोर्ट' प्याकेजमा भारतीय बजारमा सार्वजनिक भएको छ।

बीएमडब्लु २२०-आइ सिरिजको यो गाडीको सुरुवाती मूल्य ४० लाख ९० हजार भारू निर्धारण गरिएको छ। 'एम स्पोर्ट' प्याकेज अन्तर्गतको भारतीय बजारका लागि यो गाडी चेन्नइस्थित प्लान्टमा तयार पारिएको बीएमडब्लु ग्रुपले जनाएको छ।

मंगलबार सार्वजनिक गरिएको नयाँ मोडल ७.१ सेकेन्डमा प्रति घण्टा एक सय किलोमिटर गति क्षमताको छ। 

'लग्जरी कारको ट्रेण्ड विकाससँगै बीएमडब्लु इण्डियाले यो गाडीको प्रोडक्ट रेन्ज विस्तार गर्दै जानेछ। विभिन्न सेग्मेन्ट ल्याउनेछौं,' बीएमडब्लु ग्रुप इण्डियाका अध्यक्ष विक्रम पवाहले भने, 'नयाँ बीएमडब्लु २२०-आइको प्रस्तुति र स्पोर्टीनेसका कारण मोटर स्पोर्ट्सको नौलो अनुभूति लिन सक्नुहुनेछ।' 

यो गाडीमा सिग्नेचर स्टाइलमा किड्नी ग्रिल, भर्टिकल्ली क्रोम स्लाट्स, स्ट्रेच्ड सिलहोउट, फोर फ्रेमलेस डोर, फुल एंगल्ड एलइडी हेड लाइट्स, एलइडी टेल लाइट्स, १७ इन्चको अलोइ व्हिल लगायतका फिचर जडान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो गाडी अल्पाइन व्हाइट, ब्ल्याक सप्फाइर, मेलबर्न रेड र स्टोर्म बे लगायत चार रङमा उपलब्ध छन्

एम भेरियन्ट अन्तर्गत पनि मिसानो ब्लु र स्नापर रक्स लगायत दुई रङमा उपलब्ध छन्। चालकका लागि फराकिलो ककपीटमा रहेको यो गाडीमा इलेक्ट्रिकल मेमोरी फङ्सनसहितको स्पोर्ट सिट, १२.३ इन्चको डिजीटल इन्स्ट्रुमेन्ट डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, लार्ज पानारोमा ग्लास सनरुफ, ४३० लिटरको लगेज कम्पार्टमेन्ट, एम्वियन्ट लाइटिङ र वायरलेस चार्जिङ लगायतका सुविधा जडान गरिएको छ। 

चालक र यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा ६ वटा एयरब्याग, अटेन्टिभनेस एसिस्टेन्स, एबीएससहितको ब्रेक असिस्ट, डाइनामिक स्टाबिलिटी कन्ट्रोल, अटो होल्डरहित इलेक्ट्रिक पार्किङ ब्रेक, साइड इम्प्याक्ट प्रोटेक्सन, क्र्यास सेन्सर लगायत सुविधा पनि छ। २.० लिटर ट्विन पावर फोर सिलिण्डर टर्बो पेट्रोल इन्जिनयुक्त गाडीमा १३५० देखि ५६०० रिभोलुसन पर मिनेटमा १९० हर्सपावर र २८० न्यूटन मिटर टर्क पावर क्षमता रहेको कम्पनीले जनाएको छ।

गाडीमा सिफ्ट प्याडल्ससहित आठ स्पिड स्पोर्ट अटोमेटिक ट्रान्समिसन रहेको छ।