BIZMANDU
www.bizmandu.com

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा खतिवडा नियुक्त, को को थिए प्रतिस्पर्धी?

२०७७ पुष २९

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा खतिवडा नियुक्त, को को थिए प्रतिस्पर्धी?
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा खतिवडा नियुक्त, को को थिए प्रतिस्पर्धी?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको आज बसेको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

उनी विद्युत नियमन आयोगका सदस्य भएर काम गरेको अनुभव छ। साथै लगानी बोर्डको परामर्शदाताका रूपमा पनि उनले काम गरेका छन्।

उनलाई लगानी बोर्डमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगेका थिए। अधिकारी अहिले राष्ट्र बैंकको गभर्नर छन्। इन्फ्रास्ट्रक्चर बैंकलाई राष्ट्र बैंकले नियमन गर्छ। 

अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारीबाट बाहिरिएपछि खतिवडाले त्यहाँ आवेदन दिएका थिए। उनले एचआइडीसीएलको वित्त विभाग प्रमुख भएर पनि काम गरेका थिए। पेसाले चार्टर्ड एकाउन्टेन्ट खतिवडासँग एनआइबीएल एस क्यापिटलमा पनि काम गरेको अनुभव छ।

स्रोतहरुका अनुसार, बैंकका जागिरका लागि माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्व नायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण भट्टराईलगायतले आवेदन दिएका थिए।

उनीहरुलाई आइतबार फोन गरेर सोमबार बिहान प्रस्तुतिका लागि बोलाइएको थियो। प्रत्येकलाई २० मिनेट मात्र दिइएको थियो। 

'एकदमै म्याच फिक्सिङ जस्तो देखिन्थ्यो। जसरी प्रस्तुति गर्न लगाइयो, त्यो हेर्दा आफ्नो हुँदैन भन्नेमा ढुक्क थिएँ,' अन्तर्वार्तामा गएका एकले भने, 'सञ्चालक समितिको बडी ल्याङ्वेज नै छुट्टै थियो। प्रक्रिया पुर्‍याउनका लागि मात्र अन्तर्वार्ताका लागि डाकिएको महसुस भएको थियो।'

यसअघि प्रमुख कार्यकारी अनिल ज्ञवाली थिए। उनी २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकले नयाँ प्रमुख कार्यकारीको खोजी सुरु गरेको थियो।