BIZMANDU
www.bizmandu.com

आज एकै दिन ३१ सूचीकृत कम्पनीको साधारणसभा, ८/८ वटा बैंक र लघुवित्तको, कसको के एजेण्डा?

२०७७ पुष २९

आज एकै दिन ३१ सूचीकृत कम्पनीको साधारणसभा, ८/८ वटा बैंक र लघुवित्तको, कसको के एजेण्डा?
आज एकै दिन ३१ सूचीकृत कम्पनीको साधारणसभा, ८/८ वटा बैंक र लघुवित्तको, कसको के एजेण्डा?

Tata
GBIME
Nepal Life

काठमाडौं। आज एकै दिन ३१ सूचीकृत कम्पनीको साधारणसभा हुँदैछ। पुस मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने कम्पनी ऐनको ब्यवस्था छ।

पुस मसान्तपछि गर्नु परेमा सम्बन्धित कम्पनीहरुले जरिवाना तिर्नु पर्छ। त्यही भएर पुस मसान्तमा साधारणसभा गर्ने कम्पनीहरु धेरै हुन्छन्।

आज ८ वटा लघुवित्त संस्था, ८ वटा वाणिज्य बैंक, तीन जलविद्युत कम्पनी, दुई विकास बैंक, सात फाइनान्स कम्पनी र तीन अन्य कम्पनी छन्।

वाणिज्य बैंकहरु
मेगा बैंक नेपालको १०औं वार्षिक साधारणसभाले १३.०५ प्रतिशत लाभांश पारित गर्दैछ। यसमध्ये १० प्रतिशत बोनस सेयर हो। बैंकले मर्जर तथा प्राप्तिका साथै विदेशी रणनीतिक साझेदार भित्र्याउने एजेण्डा पनि साधारणसभामा लग्दैछ।

प्राइम कमर्सियल बैंकले १५ प्रतिशत बोनस सेयर पारित गर्दैछ। 

सेञ्चुरी कमर्सियल बैंकले पनि आज साढे सात प्रतिशत लाभांश पारित गर्दैछ। यसमध्ये ५.२५ प्रतिशत बोनस सेयर छ भने २.२५ प्रतिशत नगद लाभांश छ। मर्जर तथा प्राप्तिको प्रस्ताव पनि साधारणसभामा लैजाँदै छ।

ग्लोबल आइएमइ बैंकको १४औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गर्दैछ। यसमध्ये १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश छ। सभाले संस्थापकबाट ३ र सर्वसाधारणबाट एक जना सञ्चालक चयन गर्ने छ। मर्जर तथा प्राप्तिको एजेण्डा पनि साधारणसभामा लगिएको छ।

एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा पनि आज हुँदैछ। सभाले १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ।

नबिल बैंकको साधारणसभा पनि आज हुँदैछ। साधारणसभाले साढे ३३ प्रतिशत बोनस सेयर पारित गर्ने छ भने १.७६ प्रतिशत लाभांश पनि पारित गर्ने छ। नबिलको साधारणसभाले सर्वसाधारणबाट दुई जना सञ्चालक चयन गर्ने छ। नबिलले पहिलो पटक मर्जर तथा प्राप्तिको एजेण्डा पनि साधारणसभामा लैजाँदै छ।

नेपाल बैंकको ६१औं वार्षिक साधारणसभाले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ। यसबाहेक सर्वसाधारणबाट ३ जना सञ्चालक पनि चयन गर्दैछ।

कृषि विकास बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयरय र ०.७८ प्रतिशत नगद लाभांश पारित गर्ने छ। 

लघुवित्त
विजय लघुवित्त वित्तीय संस्थाको आठौं साधारणसभा हो। संस्थाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश पारित गर्दैछ। साधारणसभाको एजेण्डामा मर्जर तथा प्राप्ति पनि छ।

छिमेक लघूवित्त विकास बैंकले १९औं वार्षिक साधारणसभाबाट २२ प्रतिशत बोनस सेयर पारित गर्दैछ। यसबाहेक सात प्रतिशत नगद लाभांश पनि पारित गर्दैछ।

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभाले युनिक नेपाल लघुवित्त संस्थासँग मर्जर गर्ने प्रस्ताव अनुमोदन गर्ने छ। 

साधना लघुवित्त वित्तीय संस्थाले १८.९४ प्रतिशत लाभांश पारित गर्दैछ। यसमध्ये १८ प्रतिशत बोनस सेयर पारित गर्दैछ। सभाले साधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गर्दैछ। यसबाहेक मर्जर तथा प्राप्तिको एजेण्डा पनि पारित गर्दैछ।

ग्लोबल आइएमइ लघूवित्तको ८औं वार्षिक साधारणसभाले २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशत नगद लाभांश पारित गर्ने छ। स्पर्श लघुवित्तलाई १:०.९ को अनुपातमा गाभ्ने प्रस्ताव पनि पारित गर्ने छ।

स्पर्श लघुवित्तले पनि साढे १९ प्रतिशत बोनस सेयर पारित गर्दैछ। यसबाहेक १.०१ प्रतिशत नगद लाभांश पारित गर्ने छ। ग्लोबल आइएमइ लघुवित्तसँग गाभिने प्रस्ताव पनि साधारणसभाले पारित गर्ने छ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर पारित गर्दैछ। संस्थाले ८.१६ प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ।

गुराँस लघुवित्तको पाँचौं साधारणसभामा खासै अन्य एजेण्डा छैनन्। वार्षिक प्रतिवेदन पारित हुने छ।

जलविद्युत
जलविद्युत लगानी तथा विकास कम्पनीको यो नवौं साधारणसभा हो। सभाले सर्वसाधारण सेयरधनीबाट एक जनालाई सञ्चालक चयन गर्दैछ।

रैराङ हाइड्रोपावर विकास कम्पनीको १७औं साधारणसभाको खासै ठूलो एजेण्डा छैन। वित्तीय विवरण पारित र लेखापरीक्षक नियुक्ति गरेर साधारणसभा सकिने छ।

हिमालयन पावर पार्टनर लिमिटेडको आठौं साधारणसभा गर्दैछ। 

विकास बैंक
साइन रेशूंगा डेभलपमेन्ट बैंकले १३ प्रतिशत बोनस सेयर पारित गर्दैछ। साधारणसभाले संस्थापकबाट ४ जना संञ्चालक र सर्वसाधारणबाट २ जना सञ्चालक चयन गर्ने छ। सेयर संरचना संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत पनि कायम गर्ने छ।

कामना सेवा विकास बैंकको १४औं वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांशका साथै मर्जर तथा प्राप्तिको एजेण्डा पनि पारित गर्दैछ।

फाइनान्स
प्रोग्रेसिभ फाइनान्सको २४औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन पारित लगायत सामान्य एजेण्डा मात्र छन्।

मञ्जुश्री फाइनान्सको १३औं वार्षिक साधारणसभाले १८ प्रतिशत बोनस सेयर र साढे ५ प्रतिशत नगद लाभांश पारित गर्दैछ। साथै संस्थापकबाट तीन र सर्वसाधारणबाट एक सञ्चालक पनि चयन गर्दैछ।

आइसीएफसी फाइनान्सको १७औं साधारणसभाले साढे १० प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश पारित गर्दैछ।

श्रीइन्भेष्टमेन्ट फाइनान्सको साधारणसभाले ७.३७ प्रतिशत बोनस सेयरका साथै ३.१६ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ।

गुडविल फाइनान्सले पनि आज साधारणसभा गर्दैछ। सभाले वार्षिक प्रतिवेदन पारित गर्ने छ।

पोखरा फाइनान्सले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद पारित गर्ने छ। यसबाहेक मर्जर तथा प्राप्तिको एजेण्डा पनि अनुमोदन गर्ने छ।

युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारणसभा पनि आज हुँदैछ। यसपाली खासै केही पनि एजेण्डा छैन।

अन्य
नेपाल रिइन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभाले संस्थापकबाट एक र सर्वसाधारणबाट एक सञ्चालक चयन गर्दैछ। अन्य खासै एजेण्डा छैनन्।

सोल्टी होटलले वार्षिक प्रतिवेदन पारित गर्ने छ। 

हिमालयन डिस्टिलरीको १०० प्रतिशत लाभांश पारित हुँदैछ। कम्पनीले ५० प्रतिशत बोनस सेयर र अर्को ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।