BIZMANDU
www.bizmandu.com

कोभिडपछि सम्हालिँदै अर्थतन्त्र: रोजगारी बढ्यो, अझै पनि बैंक ऋण पाउन कठिन, ९% ब्यवसाय बन्द

२०७७ पुष २८

कोभिडपछि सम्हालिँदै अर्थतन्त्र: रोजगारी बढ्यो, अझै पनि बैंक ऋण पाउन कठिन, ९% ब्यवसाय बन्द
कोभिडपछि सम्हालिँदै अर्थतन्त्र: रोजगारी बढ्यो, अझै पनि बैंक ऋण पाउन कठिन, ९% ब्यवसाय बन्द


काठमाडौं। नेपाल राष्ट्र बैंकले 'कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन' सार्वजनिक गर्दै 'उद्योग ब्यवसायहरुलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको' निष्कर्ष निकालेको छ।

Tata
GBIME
Nepal Life

१० पृष्ठ लामो प्रतिवेदन अनुसार, २०७७ असारको तुलनामा मंसिरमा आइपुग्दा उद्योग/ब्यवसाय सञ्चालनमा सुधार आए पनि पूर्ववत् अवस्थामा उद्योग/ब्यवसाय सञ्चालन हुन भने नसकेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। 

'उद्योग ब्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु अगाडि सारेका छन्' प्रतिवेदनको निष्कर्षमा भनिएको छ।

राष्ट्र बैंकले अहिले अवस्था कस्तो छ भनेर एक सर्वेक्षण गरेको थियो। उसले थोक तथा खुद्रा ब्यापारबाट २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेष्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त गरेको थियो। सबैभन्दा कम विद्युत, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत पाएको थयो भने  खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशत सहभागिता रहेको थियो।

राष्ट्र बैंकका अनुसार, गत असारमा ६१ प्रतिशत ब्यापार ब्यवसाय सञ्चालनमा थिएनन्। अहिले पनि नौ प्रतिशत सञ्चालनमा आउन सकेका छैनन्। त्यसबेला करिब ५ प्रतिशत पूर्ण सञ्चालनमा थिए भने अहिले करिब ५४ प्रतिशत पूर्ण सञ्चालनमा छन्। 

त्यसबेला ३५ प्रतिशत आंशिक सञ्चालनमा थिए भने अहिले ३७ प्रतिशत आंशिक सञ्चालनमा छन्। अहिले पनि १६.७९ प्रतिशत घरेलु उद्योग सञ्चालन भएका छैनन् भने १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग १४.०८ प्रतिशत सञ्चालन हुन सकेका छैनन्।

१५ देखि ५० करोडसम्म स्थिर पुँजी भएका १२.२४ प्रतिशत उद्योग पनि सञ्चालनमा छैनन्। ५० करोड रुपैयाँमाथि पुँजी भएको कम्पनीहरु ८.३३ प्रतिशत सञ्चालनमा छैनन्।

अहिले रोजगारी दर बढेको छ। उद्योग ब्यवसायको आकार अनुसार कोभिड महामारी अगाडिको तुलनामा रोजगारीको अवस्था ७७.५ प्रतिशतबाट बढेर ८७.५१ प्रतिशत पुगेको छ।