BIZMANDU
www.bizmandu.com

मारवाडी सेवा समितिमा नयाँ कार्यसमिति चयन, गोयल पक्षका १६ र वसन्त पक्षका १५ जना चुनिए

२०७७ पुष २८

मारवाडी सेवा समितिमा नयाँ कार्यसमिति चयन, गोयल पक्षका १६ र वसन्त पक्षका १५ जना चुनिए
मारवाडी सेवा समितिमा नयाँ कार्यसमिति चयन, गोयल पक्षका १६ र वसन्त पक्षका १५ जना चुनिए

Tata
GBIME
Nepal Life

काठमाडौं। मारवाडी सेवा समिति नेपालको नयाँ कार्यसमिति चयन भएको छ। समितिको नेतृत्वका लागि उद्योगी कैलाशचन्द्र गोयल र उद्योगी वसन्तकुमार चौधरीले प्यानलनै बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए।

गत शुक्रबार भएको निर्वाचनमा गोयल पक्षका १६ जना र चौधरी पक्षका १५ जना कार्यसमितिमा चुनिएका छन्। कार्यसमितिमा चुनिएका आधारमा अध्यक्ष लगायतका पदाधिकारीको चयन गरिनेछ।

बहुमत कार्यसमितिका आधारमा गोयल फेरि संस्थाको अध्यक्ष चयन हुनेछन्। गोयललाई सोमबार नै उद्योगी चौधरीले बधाई समेत दिइसकेका छन्।