BIZMANDU
www.bizmandu.com

मसान्त नजिकिएपछि बैंकमा बढ्यो ऋण ‘एभरग्रिनिङ’ अभ्यास, निक्षेपलाई जित्यो ऋण बिस्तारले

२०७७ पुष २८

मसान्त नजिकिएपछि बैंकमा बढ्यो ऋण ‘एभरग्रिनिङ’ अभ्यास, निक्षेपलाई जित्यो ऋण बिस्तारले
मसान्त नजिकिएपछि बैंकमा बढ्यो ऋण ‘एभरग्रिनिङ’ अभ्यास, निक्षेपलाई जित्यो ऋण बिस्तारले

Tata
GBIME
Nepal Life

काठमाडौं। मसान्त नजिकिँदै गर्दा बैंकहरुमा ऋण 'एभरग्रिनिङ' पनि बढेको छ। राष्ट्र बैंकले उपलब्ध गराउने साप्ताहिक तथ्याङ्क अनुसार, एभरग्रिनिङ मौलाएको प्रष्ट देखिन्छ।

२७ बाणिज्य बैंकको एक सातामा २४ अर्ब रुपैयाँ ऋण बढेको छ। मसान्तमा ब्याज तिर्नु पर्ने हुन्छ। ब्याज तिर्नका लागि नयाँ ऋण सृजना भएको देखिन्छ। विगतमा पनि मसान्तको बेलामा यसैगरी ह्वात्तै ऋण बढ्ने गरेको थियो।

जबकी यो बेला निक्षेप ५ अर्ब रुपैयाँ मात्र बढेको छ। अहिले बैंकहरुसँग कुल ३७ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप छ। ऋण ३१ खर्ब ८५ अर्ब पुगेको छ।

अघिल्लो साता ऋण २२ अर्बले बढ्दा निक्षेप २७ अर्बले बढेको थियो। पुसमा मात्रै बैंकहरुको ऋण ६३ अर्ब रुपैयाँले बढेको छ। निक्षेप ४३ अर्ब रुपैयाँले बढेको छ।

चालु बर्षमा बैंकको ऋण २ खर्ब ८२ अर्ब बिस्तार भइसकेको छ। निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँले बढेको छ।