BIZMANDU
www.bizmandu.com

अमेरिकी मोटर कम्पनी फोर्ड कोभिड कहरले खर्च घटाउँदै, ब्राजिलका तीन प्लान्ट बन्द गर्ने निर्णय

२०७७ पुष २८

अमेरिकी मोटर कम्पनी फोर्ड कोभिड कहरले खर्च घटाउँदै, ब्राजिलका तीन प्लान्ट बन्द गर्ने निर्णय
अमेरिकी मोटर कम्पनी फोर्ड कोभिड कहरले खर्च घटाउँदै, ब्राजिलका तीन प्लान्ट बन्द गर्ने निर्णय

Tata
GBIME
Nepal Life

अमेरिकी बहुराष्ट्रिय मोटर निर्माता कम्पनी फोर्डलाई कोरोना कहरले खर्च घटाउन बाध्य पारेको छ। कम्पनीले ब्राजिलका आफ्ना तीन वटा प्लान्ट बन्द गर्ने भएको छ।

कोभिड-१९ का कारण बजार प्रभावित भएपछि कम्पनीले उत्पादन घटाउन ब्राजिलका प्लान्ट बन्द गर्ने निर्णय गरेको हो। तत्काल कामाकारी र तौबेत लगायत दुई वटा प्लान्ट बन्द गरे पनि 'आफ्टर सेल्स सर्भिस' का लागि पार्ट्सहरुको उत्पादन भने जारी राख्ने भएको छ। बेलो होराइजोन्टमा रहेको प्लान्ट भने यो वर्षको चौथो त्रैमासिकसम्म सञ्चालनमा रहने छ। 

यी प्लान्ट बन्द हुँदा ब्राजिलमा मात्र पाँच हजार कर्मचारीको रोजगारी गुम्ने भएको छ। कम्पनीका प्रवक्ता टीआर रेइडले भनेका छन्, 'ब्राजिलको अटोमोबाइल बिक्री ब्यापारमा २६ प्रतिशतले गिरावट आएको छ। सन् २०२३ सम्म पनि मुनाफामा जाने सम्भावना छैन।'

'हामीलाई थाहा छ यो निर्णयले निकै कठिन अवस्था सिर्जना गर्ने भएको छ,' फोर्डका प्रमुख कार्यकारी जीम फेरलीले भनेका छन्, 'यो अवस्थामा हामी झुकेका छौं। अब ब्राजिलमा उत्पादन रोक्ने भएका छौं।' 

कम्पनीका अनुसार आठ प्रतिशतले ग्लोबल अपरेटिङ मार्जिन कायम गर्दै आएका यी प्लान्ट एक शताब्दी  अघिदेखि सञ्चालित थिए। रोजगारी कटौती हुने भएपछि यतिखेर कम्पनीमा कार्यरत कर्मचारी युनियनले विरोध गर्दै आएको छ। कम्पनीबाट यसरी प्लान्ट नै बन्द गर्ने निर्णय आएपछि ब्राजिलको अर्थ मन्त्रालयले दुःख प्रकट गरेको एजेन्सीले जनाएका छन्।

कम्पनीलाई पुनः जगाउनका लागि मन्त्रालयले व्यापार अवस्था सुदृढीकरण गर्दै लाने तयारी गरेको जनाएको छ। यो निर्णय भएसँगै कामाकारी प्लान्टमा कार्यरत कर्मचारीले मंगलबार नै आकस्मिक बैठक गरेका छन्। उक्त प्लान्टमा मात्र चार हजार ५९ जना जनशक्तिको रोजगारी गुम्ने भएको छ। 

'यो निर्णयले हामी सम्पूर्ण कर्मचारी चकित छौं। फोर्डले आफ्नो उद्योग नै बन्द गर्छ भनेर सोचेका थिएनौं,' युनियनका नेता जुलियो बोनफीमले भिडियो सन्देशमा भनेका छन्। यी प्लान्ट बन्द भए पछि दक्षिण अमेरिकामा फोर्डको बिक्री बन्द हुनेछ। दक्षिण अमेरिकामा फोर्डको एसयुभी, सब-कम्प्याक्टर कार, टीफोर एसयुभी बिक्री हुँदै आएको थियो। 

कम्पनीले अर्जेन्टिना र उरुग्वेमा सञ्चालित प्लान्ट भने यथावत राख्ने योजना बनाएको छ। कम्पनीका अनुसार बाहिया र साओ पाओलोस्थित क्षेत्रीय मुख्यालयमा हुँदै आएको उत्पादन विकास विस्तार गर्दै लाने योजना छ। 

हालसम्म ४.१ बिलियन अमेरिकी डलर शुल्क व्यहोरेको कम्पनीले सन् २०२० को चौथो त्रैमासिकमा २.५ अमेरिकी डलर व्यहोर्ने प्रक्षेपण गरेको छ भने सन् २०२१ मा १.६ बिलियन अमेरिकी डलरको प्रक्षेपण छ। कर्मचारी कटौतीमार्फत सन् २०२१ मा व्यहोरिने आर्थिक भार कम  हुने कम्पनीले जनाएको छ। 

११७ वर्ष पुरानो मोटर निर्माता कम्पनी फोर्डको संसारका प्रमुख अटोमोबाइल बजारमा बलियो उपस्थिति छ। यसको प्लान्ट चीन र भारतमा पनि छ।