BIZMANDU
www.bizmandu.com

एनसेलले ‘फास्ट फर्वार्ड लाइफ’ अभियान थाल्यो, कोरोनाको असहज अवस्थालाई सजिलो बनाउने प्रयास

२०७७ पुष २८


काठमाडौं। एनसेलले 'फास्ट फर्वार्ड लाइफ' अभियान थालेको छ।

Tata
GBIME
Nepal Life

कोरोना महामारीको प्रभाव र यसले सिर्जना गरेका असहज परिस्थितिलाई  सामान्यीकरणका साथ अघि बढ्न प्रोत्साहन गर्नका लागि कम्पनीले यस्तो अभियान थालनी गरेको जनाएको छ।

एनसेलले सोमबार साँझ एउटा सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ। ‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको ‘फास्ट फर्वार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधैं सँगै’ अनुरूप सञ्चालन गरेको जारी विज्ञप्तिमा जनाइएको छ।

यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवन यापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर देखाइएको छ।

कोरोनाको प्रभाव पश्चात डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ।

नयाँ अभियानको घोषणापछि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिने खालका सेवा तथा सुविधाहरु ल्याउने आशा गरिएको छ।

लकडाउनको समयमा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विशेष राहत दिँदै सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले लकडाउनपछि पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो।

एनसेलका अनुसार, उसले कोरोना प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा लगायत विविध ग्राहक मैत्री अफरहरु समेत गरी झण्डै ९ अर्ब ७० करोड रुपैयाँ बराबर मुल्यको योगदान गरेको जनाएको छ।

प्रतिकार्य पहल अन्तर्गत नै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरेहको पनि जारी विज्ञप्तिमा उल्लेख छ।